राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेको प्रदर्शनमा 'छाता विद्रोह' गर्ने भएको छ।
घाम लागे पनि पानी परे पनि आन्दोलन नरोक्ने र छाता बोकेरै आन्दोलनमा आउने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए।
उनले भने, 'घाम लागे पनि पानी परे पनि आन्दोलन अब रोकिने छैन। हामी छाता बोकेरै आन्दोलनमा भाग लिन्छौँ। 'छाता विद्रोह' को सुरुवात हुँदैछ। छाता भनेको छहारी हो, अभिभावक हो, हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता। राजाको छहारी हो।'
जेठ १५ गतेबाट राजसंस्था पुनर्स्थापनाको माग गर्दै समितिले अनिश्चिनकालीन प्रदर्शन गर्दैछ।
प्रकाशित: ८ जेष्ठ २०८२ १८:०८ बिहीबार





