१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कुलमान घिसिङ भन्छन्- राजनीतिमा लाग्नेबारे सोचिरहेको छु

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा लाग्नेबारे सोचिरहेको बताएका छन्।

आफूलाई राजनीतिमा लाग्नका लागि धेरैले सुझाव दिइरहेको उनले बताएका छन्। 'धेरैले राजनीतिमा लाग्का लागि सुझाव दिनुभएको छ, त्यसबारे सोच्दैछु,' बिहीबार (आज) पहिचानवादी मोर्चाका नेता डकेन्द्रसिं थेगिमसँगको भेटमा घिसिङले भनेका छन्।

थेगिमका अनुसार कुलमान घिसिङ सम्भवत: अब राजनीतिमै होमिने छन्। तर, कुन माध्यमबाट होमिने भन्नेमा भने घिसिङले प्रष्ट रूपमा नबोलेको थेगिमले बताए।

'मैले बुझ्दाखेरि उहाँ अब सम्भवत: राजनीतितिरै लाग्नुहुन्छ कि,' थेगिमले नागरिकसँग भने, 'तर, उहाँले यसैगरी लाग्छु, यहीँबाटै लाग्छु भनेर चाहिँ भन्नुभएन। मैले विचार गर्दैछु भन्नुभयो।'

यस्तै उनले आफू पुराना पार्टीहरूभन्दा टाढा नै रहेको बताएका छन्। आफूलाई सबैले माओवादी केन्द्र निकटको भन्ने गरे पनि त्यो सत्य नभएको उनले बताएका छन्।

घिसिङलाई उद्धृत गर्दै थेगिमले भने, 'यदि राजनीतिमै जानुपर्ने अवस्था भए पनि स्वतन्त्र रूपमा जानुपर्छ होला।'

प्रकाशित: ८ जेष्ठ २०८२ १७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App