६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसद गौतमको डब्लूएचओबाट विश्वव्यापी आह्वानः स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाऔं

प्रतिनिधिसभा सदस्य सोविता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गर्न विश्व समुदायसमक्ष आह्वान गरेकी छन् । जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन सभाको संसदीय संवाद कार्यक्रममा बोल्दै उनले दृढताका साथ कानून बनाउन र निर्भयतापूर्वक आवश्यक लगानी गर्न जरुरी रहेको उल्लेख गरिन् ।  

नेपालको कुल बजेटमा स्वास्थ्यको हिस्सा अझै पनि ५ प्रतिशतभन्दा कम रहेको बताउँदै उनले उक्त रकम विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निकै कम भएको चर्चा गरिन् । सांसद गौतमले भनिन्, “स्वास्थ्य केवल खर्च होइन, यो भविष्यको लागि लगानी हो। अहिले लगानी गर्‍यौं भने भोलि खर्च घट्छ, तर अहिले कटौती गर्‍यौं भने भोलि त्यसको महगो मूल्य चुकाउनुपर्नेछ।”

त्यसैले स्वास्थ्य बजेट छुट्याउँदा सरकारले दीर्घकालीन सोच राख्नुपर्ने उनको विचार थियो। आइपीयू सदस्य समेत रहेकी रास्वपा नेता गौतमले भनिन्, “सांसदहरू अब परिवेक्षक झै मात्र होइन, हामी उत्तरदायित्वको रक्षा गर्ने, समताका पक्षधर, र दूरगामी विकासका नेतृत्वकर्ता हौं।”

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० र अन्तर संसदीय संघ (आइपीयू) को सहकार्यमा आयोजित उक्त कार्यत्रलममा उनले यस प्रकारको कार्यक्रमले संसदहरूलाई पनि स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस गरेको उल्लेख गरिन् ।  

गौतमले हालै पारित भएको आइपीयू महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन्। उनले भनिन्, “यो सम्झौताले ठुलो काम सकिएको संकेत हैन, सुरुवात गरेको छ । अब आउने चरणहरूमा महामारीको सम्भावना भएका जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमै आदानप्रदान र महामारीजन्य उत्पादन र सम्बन्धित लाभहरूको समयमै तथा न्यायोचित पहुँच सुनिश्चित गर्न पहुच र लाभ साझेदारी प्रणालीमा संवाद९वार्ता गर्नुपर्नेछ, विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्नेछ । सबैभन्दा महत्त्वपूर्ण सबै राष्ट्रको संसदबाट यो अनुमोदन हुनु आवश्यक छ ।”  

गौतमले हाल केही दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्, “नेपालजस्ता निम्न आय भएका देशहरूमा यसको गम्भीर असर पर्छ। भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन। जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।”

हरेक जनताको कर्म नै उनीहरुको विरासत हुने चर्चा गर्दै सोविताले इतिहासले हामीले के बहस गरेका थियौँ होइन, के काम गर्यौँ भनेर सम्झने बताइन् । उनले भनिन्, “त्यसैले अब समय आएको छ, काम गरौं, अगाडि बढौं।”

प्रकाशित: ८ जेष्ठ २०८२ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App