२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

यदि म प्रधानमन्त्री भएको भए समाजवाद आधा चरण लागू भइसक्थ्यो : वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री बन्छु भन्दा आफूलाई बदनाम गराइएको दुखेसो पोखेका छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा बोल्दै गौतमले यस्तो बताएका हुन्। 'मलाई राष्ट्रियसभा जाऊ भनियो। मैले राष्ट्रियसभा जान्नँ, त्यहाँ थोरै अधिकार छ, प्रतिनिधि सभामा धेरै अधिकार छ भनेँ। किन जाँदैनस् भनेर भने। मैले राष्ट्रिय सभाले प्रधानमन्त्री चुन्न पाउँदैन भनेँ, त्यसो भए तँलाई प्रधानमन्त्री चाहिएको हो भनियो। तपाईंहरूले दिनुहुन्न, त्यसैले चाहिँदैन भनेँ। दिनुहुन्छ भने चाहिएको हो भनेँ। त्यो मलाई बदनाम गराउन ल्याइएको कुरा थियो,' उनले भने।

उनले आफू प्रधानमन्त्री भएको भए यसबेला नेपालमा समाजवाद लागू भइसकेको हुने दाबी गरे। 'म प्रधानमन्त्री भएको भए अहिलेसम्म समाजवाद घोषणा गरेर आधार चरण लागू भइसक्थ्यो,' उनले भने।

उनले आजको मुख्य आवश्यकता नै समाजवाद निर्माण भएको बताए।

प्रकाशित: ७ जेष्ठ २०८२ १९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App