१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

'असहिष्णु' सांसद : सभापतिमाथि माइक प्रहार

महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह र सांसद कल्पना मियाँ कुसारी।

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार गरेकी छन्। बुधबार (आज) बसेको समितिको बैठकमा समिति सदस्य तथा सांसद कुसारीले सभापति साहमाथि माइक प्रहार गरेकी हुन्।

सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन्। त्यसपछि उनले समय नलिकनै बोल्न थालिन्। यसपछि सभापति साहले उनलाई रोकेका थिए। तर, सांसद कुसारी बम्किइन् र माइक प्रहार गरिन्। तर, लागेन। 

सांसद कुसारीले आफ्नो नेमप्लेटले पनि हानेकी थिइन्। तर, माइक र नेमप्लेट सभापति साहसम्म पुगेन। 'उहाँले मलाई नै प्रहार गर्नुभएको हो। तर, म भएतिर आएन, सांसदहरू भएतिर गयो,' सभापति साहले भनेका छन्।

सांसद कुसारी पनि आफूले माइक प्रहार गरेको स्वीकार्छिन्। 'हानेकै हुँ तर, लागेन,' उनले भनिन्। उनले समितिमा अब सभापति साह र आफूमध्ये एक जना नरहने बताइन्।

यो घटनाले संसदीय मर्यादामा आँच पुर्‍याएको टिप्पणी हुन थालेको छ। कतिपयले सामाजिक सञ्जालमा सांसदहरू 'असहिष्णु' बनेको टिप्पणीहरू गरेका छन्।

प्रकाशित: ७ जेष्ठ २०८२ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App