१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भन्सार काटेर मल ल्याउन दिन सांसदको माग

राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले भान्सार काटेर भारतबाट किसानलाई मल ल्याउन दिन माग गरेका छन् । 

मंगलबारको प्रदेशसभा बैठकको शुन्य समयमा सांसद विश्वकर्माले धानको वीउ राख्ने सिजनमा किसानले मल नपाएर समस्या भएको बताए ।  

उनले नेपालमा मल नपाईने, भारतबाट ल्याउँदा प्रहरीले खोसा खोस गरेर किसानलाई हैरान पार्ने गरेको  बताए । ‘सरकारले नेपालमै मल उपलब्ध गराउनु पर्छ ’ उनले भने ‘नभए भारतबाट भन्सार काटेर भए पनि मल ल्याउन पाउने व्यवस्था   गरियोस् ।’ 

विश्वकर्माले कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मलको विषय कतै पनि उल्लेख नभएको  गुनासो गरे ।  

प्रकाशित: ६ जेष्ठ २०८२ १७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App