राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरू प्रधानमन्त्री खोज्न जानुभयो कि गभर्नर भन्दै कटाक्ष गरेकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कार्कीले यस्तो कटाक्ष गरेकी हुन्। उनले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति समेत जनाइन्।
उनले कांग्रेस सांसदहरू संसदमा कम रहेको बताउँदै कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न जानुभएको भनेर प्रश्न गरिन्। ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ।
प्रकाशित: ६ जेष्ठ २०८२ १३:२६ मंगलबार





