२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी 'विरुवा' मास्न जोडतोडले लागिरहेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले सिंहदरबारबाट फेसबूक लाइभ गरेकी छन्। उनको लाइभ भिडिओमा सागर ढकाल पनि छन्। जो, गत निर्वाचनमा डडेलधुराबाट उम्मेदवार बनेका थिए तर, उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भए। डडेलधुरा देउवाले नै जित्दै आएको निर्वाचन क्षेत्र हो। 

सुमनाले सचिवालयको फेसबूक पेजबाट गरेको लाइभ भिडिओमा सागर-सुमना दुबै बोल्छन्। भिडिओमा सागरले आफूले ०८४ का लागि पुन: तयारी ‍गरिरहेको जानकारी दिएका छन्। त्यसका लागि सल्लाह गरिरहेको पनि उनले बताएका छन्।

'जनताको भावनालाई कसरी एड्रेस गर्ने भन्ने हो। तमाम समस्याहरू छन्। एकदमै गाह्रो पनि छ तर, सबै मिलियो भने सकिन्छ। देश विदेशमा रहेको सबै मिल्नुभयो भने; अहिले त सानो शक्ति छ, सुमना-हामीजस्तो सोच भएको, नेपाललाई केही गरौँ भन्ने सबैले इनिसियसन राम्रो गरेका छन्, विरुवा एकदमै राम्रो छ गएको पालि। अब त्यो विरुवाचाहिँ मास्नका लागि सबै कस्सिनुभएको छ। तीनवटा ठूला पार्टीका त जोडतोडले कहाँबाट कसरी सिद्ध्याउने यो विरुवालाई भन्दै हुनुहुन्छ तर, मेरो विचारमा चाहिँ यो विरुवा झनै व्यापक रूपमा ग्रो हुँदैछ। पोलिटिक्स गर्ने सबैलाई मास्नै खोज्नुभएको छ नि,' उनले भनेका छन्।

सुमनाले भने ०८४ मा पास लिन नगर्ने गरी सागरलाई सिंहदरबार छिराइदिन आग्रह गरेकी छन्। सागरलाई धाप मार्दै उनले भनेकी छन्, 'उहाँलाई सिंहदरबार ल्याउनुपर्‍यो। पास मिलाइदिन नपर्नेगरी उहाँ आउनुहुन्छ अब।'

अन्तिममा सागरले चुनाव लड्नका लागि नहिच्किचाउन आग्रह गरेका छन्। 'चुनाव लड्नका लागि पैसा, पावर चाहिन्छ भन्ने लागिरहेको छ भने त्यसलाई अहिल्यै फाल्नुस्। म पनि पैसा बिना नै लडेको हुँ,' उनले भनेका छन्।

प्रकाशित: ५ जेष्ठ २०८२ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App