२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओलीले बनाएका दमक बिजनेस टावरलाई रास्वपा नेतृत्वले भनिन्- 'भ्रष्टाचार टावर'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला सङ्ग्रौलाले झापाको दमकमा बनेको बिजनेस टावरलाई 'भ्रष्टाचार टावर' भनेकी छन्।

खेतीयोग्य जमिन मिचेर उक्त टावर बनाइँदा राज्यको चार अर्ब स्वाहा भएको टिप्पणी उनले गरेकी छन्। 'खेतीयोग्य जमिन मिचेर ओलीज्यूले खडा गरेको दमकको 'भ्रष्टाचार टावर'मा राज्यको ४ अर्ब फोकटमा स्वाहा,' उनले फेसबूकमा लेखेकी छन्।

उनले थप लेखेकी छन्, 'शासन-सत्ता हातमा लिएर देश लुट्ने भ्रष्टाचारीको चौतर्फी भण्डाफोर गरौँ।'

यो टावर प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको टावर हो।

प्रकाशित: ४ जेष्ठ २०८२ १७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App