१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

फेरी बस्यो देउवानिकट ६ भाइको बैठक

लगातार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन केन्द्रीत छलफल रहेका सभापति शेरबहादुर देउवानिकट ६ पूर्व पदाधिकारी आइतबार पनि बैठकमा जुटेका छन्।  पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महामन्त्रीहरू पूूर्वमहामन्त्रीहरू शशाङ्क कोइराला र कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाश शरण महत सानेपामा बैठकमा बसेका छन्।

सुरुमा सिंह, निधी र कोइरालाबाट सुरु भएको बैठकको सिलसिलामा पछिल्लो समय सिटौला, श्रेष्ठ र महत पनि जोडिँदै आएका छन्। 

उनीहरू कांग्रेसको १५ औँ महाधिवेशनमा एकताबद्ध भएर जाने र देउवाको उत्तराधिकारी आफैभित्रबाट हुनुपर्ने भन्दै एक ठाउँमा बसेर छलफल गर्दै आएका छन्। 

उता देउवाले भने आफ्नो उत्तराधिकारी को हुने भन्ने विषयमा मुख खोलेका छैनन्।

प्रकाशित: ४ जेष्ठ २०८२ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App