२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

हितेन्द्रलाई विष्णुको सुझाव : 'कन्टेन्ट'को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ, सजग रहनुहोला

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नेपाल व‍िद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई 'कन्टेन्ट'को दुनियाँबाट सजग रहन सुझाव दिएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै रिमालले शाक्यलाई यस्तो सुझाव दिएका हुन्। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार समेत रहेका रिमालले बलेको बत्तिमुनि बसेर 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै गरेको भन्दै शाक्य आफ्नो काममा काबिल रहेको बताए।

यो समाज बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने भएको भनाइ राख्दै उनले भने, 'तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ। आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ। तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै छ।'

रिमाल थप भन्छन्, 'देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्। समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ। अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन। त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।'

प्रकाशित: ४ जेष्ठ २०८२ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App