६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट-दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

१ करोड रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दहालले आइतबार उद्घाटन गरेका हुन्। त्यस क्रममा उनले नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। साथै सो सडक योजनाको काम निर्धारित समयमा नै पूरा गर्न निर्देशन दिए।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताए।

प्रकाशित: ४ जेष्ठ २०८२ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App