प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन अनुभवी नेतृत्व नै चाहिने दाबी गरेका छन्। शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका छन्।
‘एउटा ट्रेन्ड छ अहिले, यो २० वर्ष गाडी हाँकिसकेछ, यो पुरानो भइसक्यो। यसले के चलाउँछ? मैले एक महिना अगाडि सिकेको छु म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘या सिक्दै सिकेको छैन, तर म चलाउँछु गाडी राम्ररी भन्यो भने त्यो गफ मात्र हुन्छ ।’
२०वर्ष चलाइसकेको मान्छेले धेरै अप्ठेरा, असहज स्थितिमा कसरी चलाउनु पर्ने रहेछ भनेर सिद्धहस्तता प्राप्त गरेको हुने उनले दाबी गरे।
‘नयाँले समयले लाग्छ त्यो सिक्न । अब मेस्सीहरुलाई आउट गर्दिऊ, अरूलाई आउट गर्दिऊ म मैदानमा पस्छु। सिक्न त म मैदान पसेपछि सिकिहाल्छु नि । म चाहिँ त्यस्तो खेलाडी हुन नसक्ने के छर भनेर भविष्यका कुरा अहिले हुँदैन’, प्रधानमन्त्री ओलीले भने। मेसी, एमबाप्पे एक दिनमा नहुने पनि उनले बताए।
प्रकाशित: ३ जेष्ठ २०८२ १४:५७ शनिबार





