३ असार २०८२ मंगलबार
image/svg+xml
राजनीति

'विश्वास आर्जन कसरी गर्ने हो ?'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अहिलेको चुनौती 'विश्वास आर्जन' भएको बताएका छन्।

शुक्रबार (आज) संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पाण्डेले यस्तो बताएका हुन्।

'जनताको विश्वास वृद्धि कसरी गर्ने ? सरकारप्रति, दलप्रति, व्यवस्थाप्रति विश्वास आर्जन गर्ने; किनभने छिटोछिटो संसारमा विकास भएको छ। यो तीव्रतामा भएको विकासलाई लिनको लागि कार्यनैतिक रूपमा छिटो उत्पादन दिने खालका विषयवस्तुहरू र रणनीतिक रूपमा पछिका कुराहरूलाई पनि लिनेगरी लैजाऔँ,' उनले भने।

उनले प्राथमिकतामा जेनजी आए पनि शिशु नआएको बताए। शिशुको बारेमा पनि उचित व्यवस्था हुनुपर्ने माग उनको छ। 'यहाँ जेनजीको पनि कुरा आएको छ। ठीक छ। त्योसँगै भर्खर जन्मेको शिशुको बारेमा पनि हेर्नुपर्‍यो। आज जन्मिएको शिशु जेनजी, अल्फा, बिटा हुँदै जान्छ,' उनले भने।

प्रकाशित: २ जेष्ठ २०८२ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App