१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विनियोजन विधेयकको नाम 'सार्वजनिक वित्त वा खर्चको प्रभावकारिता' राख्न स्वर्णिमको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकको नाम नै फेर्न प्रस्ताव गरेका छन्।

शुक्रबार (आज) संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि बोल्दै उनले यो प्रस्ताव गरेका हुन्।

'विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता; यो नाम नै मिलेन कि जस्तो लाग्यो पछिल्लो बहस सुन्दा। विनियोजन भनेको अलोकेसन, पैसा छुटाउने काम। तर, छुटाइएको पैसा खर्च भयो कि भएन अनि खर्च गरेपछि गतिलो नतिजा आयो कि आएन भन्ने पाटो चाहिँ पूरै नजरअन्दाज गरिरहेका छौँ। पोहोर १८ सय ६० अर्बको बजेट आयो। हिजो साँझ ५ बजेसम्म १२१ अर्बको पुँजीगत खर्च भएको छ। त्यसैले यसलाई अब राज्यको सक्षमतासँगै गाँसेर समीक्षा गर्नुपर्ने भएको छ। विनियोजन तथा सार्वजनिक वित्त वा खर्चको प्रभावकारिता भनेर गाँस्नुपर्ने जस्तो मलाई लाग्छ,' उनले भने। 

प्रकाशित: २ जेष्ठ २०८२ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App