१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सरकारका प्रवक्ताको अपेक्षाः दुई–चार दिनमा गभर्नर पाइयोस्

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई–चार दिनमा प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्। बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले यस्तो अपेक्षा व्यक्त गरेका हुन्।

‘अब तलमाथि नभइकन दुई÷चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ’, मन्त्री गुरुङले भने, ‘उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो। त्यसपछि सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको छ।’  

काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न नै सरकारले सिफारिस समिति पुनःगठन गरेको मन्त्री गुरुङले बताए।  

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबिच गभर्नर कांग्रेसले सिफारिस गर्ने व्यक्तिलाई दिने सहमति भएको बताइन्छ। तर, प्रधानमन्त्री ओलीकै अनिच्छाले हालसम्म गभर्नर नियुक्तिमा ढिलाई भएको आरोप छ।  

पछिल्लो समय डा. विश्व पौडेललाई गभर्नर बनाउने दुई दलीय सहमति छ। 

प्रकाशित: १ जेष्ठ २०८२ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App