१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रवीन्द्रलाई भेटेपछि थापा भन्छन्- उनको मनोबल र उत्साह बलियो पाएँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भेटेका छन्।

थुनामा रहेका मिश्रलाई थापाले मङ्गलबार (आज) भेटेका हुन्। भेटपछि थापाले मिश्रको मनोबल र उत्साह बलियो रहेको बताएका छन्।

'४५ दिनभन्दा बढी बिना कारण थुनामा रहँदा पनि उनको मनोबल र उत्साह निकै बलियो रहेको पाएँ,' उनले भनेका छन्।

थापाले मिश्रले कुनै अपराध नगरेको जिकिरसमेत गरेका छन्। 'निरङ्कुश र भ्रष्ट सरकारले फरक विचार बोकेकै कारण बन्दी बनाइएका रवीन्द्र मिश्रसँग आज भेट भयो। उनले अपराध गरेका छैनन्,' थापाले भनेका छन्।

मिश्र २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा घटित घटनापछि पक्राउ परेका हुन्।

प्रकाशित: ३० वैशाख २०८२ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App