६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहाललाई थापाको जवाफ- तपाईं विद्रोहकालीन हिंसात्मक र अराजकताको धङधङीबाट मुक्त हुनुभएको छैन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विद्रोहकालीन हिंसात्मक र अराजकताको धङधङीबाट मुक्त भइनसकेको बताएका छन्।

यसअघि सोमबार (हिजो) दाहालले आगामी जेठ १५ बाट सुरु हुने अनिश्चितकालीन राजावादी आन्दोलनलाई निस्तेज पार्नका लागि नेता/कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। यसपछि जवाफ दिँदै थापाले उनी अराजकताको धङधङीबाट मुक्त भइनसनेको बताएका हुन्।

'लाग्दछ- विद्रोहकालीन हिंसात्मक, अराजक मानसिकताको धङधङीबाट प्रचण्डजी अझै मुक्त हुन सक्नुभएको छैन,' उनले भनेका छन्।

मङ्गलबार (आज) फेसबूक लाइभमा आएका थापाले दाहाललाई अरु पार्टीको विचार, कार्यक्रमलाई निस्तेज पार्नुको सट्टा आफ्नै पार्टी हेर्न पनि सल्लाह दिएका छन्।

उल्टै माओवादी केन्द्र आफैँ निस्तेज हुँदै गएको पनि बताएका छन्। 'तपाईंको पार्टी, विचार असफल प्रमाणित भइसकेको छ र स्वयम् निस्तेज हुँदै गइरहेको छ। त्यसलाई बरु पुनर्जागृत गर्दै जानुस्। अरुलाई निस्तेज गर्ने बाटो छोडिदिनुस्,' उनले भनेका छन्।

यस्तै थापाले दाहालले राजसंस्थाको गलत व्याख्या र विश्लेषण गरिरहेको पनि बताएका छन्। 'म आग्रह गर्न चाहन्छ, नेपालको इतिहासलाई दोहोर्‍याएर पढिदिनुस्। २४० वर्षसम्म राजसंस्था थियो तर, राजसंस्थाले शासन गरेको कति वर्ष थियो ? त्यसबेला राजाका सल्लाहकारहरू भारतीय हुन्थे, नेपालकै नेपालगन्ज, विराटनगर जानुपर्दा विदेशी भूमि भएर जानुपर्थ्यो,' उनले भनेका छन्।

प्रकाशित: ३० वैशाख २०८२ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App