१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध अभियान सञ्चालनको आवश्यकता औँल्याएका छन्। उनले सरकारले भ्रष्टाचार विरुद्धको अभियान नचलाउँदासम्म देशमा सुशासन सम्भव नहुने स्पष्ट पारे।

प्रेस सेन्टर नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट आयोजना गरेको थियो। सो पत्रकार भेटघाटमा उनले वर्तमान अवस्थामा राष्ट्रिय एकता बलियो बनाउनु, लोकतन्त्रको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर देशमा सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरण गर्नु प्रमुख काम भएको उल्लेख गरे। देशमा राजनीतिक अधिकार प्राप्त भए पनि नागरिकको जीवन फेर्ने गरी परिवर्तन हुनुपर्ने उनको भनाइ छ।

उनले देशमा सामाजिक एवं आर्थिक रूपान्तरण बिना विकास र समृद्धि प्राप्त हुन नसक्ने टिप्पणी गरे। प्रतिगामी शक्तिलाई चेतावनी दिँदै सुशासन र समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 'मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ, त्यही मिसन पूरा गर्न गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न थालेका छौँ,' उनले भने।

तम्घासमा आजदेखि सुरु हुन लागेको वाइसिएल नेपाल गुल्मीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आज बिहान यहाँ आइपुगेका हुन्।

प्रकाशित: ३० वैशाख २०८२ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App