६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष दाहालद्वारा स्वागत

महोत्तरीको सम्सी गाउँपालिकाका नेकपा (एमाले) नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरू लामो समयदेखि जनस्तरमा सक्रिय रहँदै आएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेको सचिवालयले जानकारी दिएको छ। 

अध्यक्ष दाहालले नयाँ सदस्यहरूको आगमनले महोत्तरीमा पार्टीको संगठनलाई थप बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। उनीहरूको आगमनले महोत्तरीमा पार्टीको संगठन बलियो बनाउन थप ऊर्जा र उत्साह प्रदान गर्ने उनको विश्वास छ।

पार्टीमा प्रवेश गर्ने नेताहरूमा विनोद कुमार साह, बजन कुमार साह, किसोरी साह, सन्तोष कुमार साह र डा. कौशल कुमार साह रहेका छन्।  

प्रकाशित: ३० वैशाख २०८२ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App