सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।
प्रकाशित: ३० वैशाख २०८२ ०६:२२ मंगलबार





