१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भारत-पाकिस्तान तनावबारे प्रधानमन्त्री: हात हालाहाल लडाइँमा परिणत नहोस् भन्ने कामना गर्‍यौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-पाकिस्तानबीच हात हालाहालको अवस्था सृजना भएको तर, त्यो पनि अब रोकिएको बताएका छन्।

२५६९औँ बुद्धजयन्ती मूल समारोहलाई सोमबार (आज) लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालहाल त भएको थियो तर, हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ- विस्तार हुन नपाओस् है यो। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर भन्ने कामना गर्‍यौँ, उहाँहरूसँग नि कुरा गर्‍यौँ। नभत्रै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो,' उनले भने।

उनले सबै कुराका लागि शान्तिको महत्त्व भएको पनि बताए। 'र, आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वको लागि बहुत खतरनाक चिज हो। यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्दछ र काम गर्नुपर्दछ,' उनले भने।

त्यसमा गौतम बुद्धका वाणीहरू र सन्देशहरू सधैँ सान्दर्भिक रहेको उनले बताए।

प्रकाशित: २९ वैशाख २०८२ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App