२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

धरान पुगेर ढाँटेका दाहाललाई हर्कले भने- पहिचानको नाममा फेरि राजनीतिक भाषण

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पहिचानको नाममा फेरि राजनीतिक भाषण गरिएको बताएका छन्। 'पहिचानको नाममा फेरि राजनीतिक भाषण! लाटाहरू झुक्किएको देख्दा चकित छु म,' हर्कले फेसबूकमा लेखेका छन्।

आइतबार (आज) मात्रै धरानमा एक कार्यक्रम सम्बोधन गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नका लागि प्रतिबद्ध रहेको बताएका थिए।

तत्कालीन प्रदेश नं. १ कोशी हुँदा पनि आफूहरू अन्तिम समयसम्म पहिचानको आधारमै प्रदेशको नाम राखिनुपर्नेमा प्रतिबद्ध रहेको उनले बताएका थिए। उनले भनेका थिए— अहिले पनि हामीले १ नम्बर नै प्रदेश भनेका छौँ। हाम्रो पार्टी यस प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्छ भनेर लडिरहेकै थियो। अहिले पनि पहिचानकै आधारमा नाम हुनुपर्ने भन्ने सिद्धान्तबाट थोरै पनि विचलित भएका छैनौँ। तर, सङ्ख्याले केही कन्फ्यूजन भयो। हामीले केन्द्रमा समीक्षा गर्‍यौँ र त्रुटि भयो भनेर सच्यायौँ। अब सङ्ख्या पुग्छ भने किरात, लिम्बुवान् र कोच भावना समेट्ने गरी प्रदेशको नामाकरण गर्नुपर्ने भन्नेमा दुविधा छैन।

यसपछि हर्कले यस्तो प्रतिक्रिया दिएका हुन्। फरक प्रसङ्गमा दाहालले हर्कलाई मिलेर जान अनौपचारिक प्रस्ताव गरेका थिए। यसप्रति पनि उनले कटाक्ष गरेका छन्। 

यो पनि पढ्नुहोस्

धरानमा दाहालले ढाँटे : अन्तिमसम्म कोशी प्रदेशको नाम पहिचानकै आधारमा हुनुपर्छ भनेका थियौँ

प्रकाशित: २८ वैशाख २०८२ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App