२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराजा लक्षित प्रधानमन्त्रीको बोलीः कंगाल बनाउनेहरू लाज पचाएर आउँछौ भन्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर ‘देशलाई कंगाल बनाउने’ भन्दै टिप्पणी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो देश कंगाल बनाउने त यिनीहरू हुन त।’

अहिले ३० वर्षमा देशले विकास गरेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ।’  

‘मान्छे नहुँदा जंगलमा मुलुक थियो होला’ भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनैपर्छ । देशलाई बस्न लायकको बनाउनुपर्छ।’  

वातावरणीय हिसाबले हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र देश रहेकोपनि उनले बताए। ‘यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ,’ प्रधानमन्त्री ओलीले भने। यस्तो अक्सिजन भएको देशमा ‘फोक्साको व्यापारी’ कहाँबाट आयो ? भन्दै पूर्वराजामाथि टिप्पणी गरे।  

प्रकाशित: २७ वैशाख २०८२ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App