८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

पानीको वितरण भएन भने हितेन्द्र अनि केपी ओलीलाई दोष्नु मलाई होइन : मेयर राई

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले लोडसेडिङले दैनिक पानी वितरणमा अवरोध पारेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले खानेपानीको आपूर्ति बिजुलीसँग जोडिने भएकाले दैनिक हुने लोडसेडिङले पानी वितरणमा समस्या भएको बताए।

दैनिक रूपमा पानीको वितरण भएन भने प्राधिकरणका कार्यकारी निर्देशक शाक्य र प्रधानमन्त्री ओलीलाई दोष दिनु भन्दै मेयर राईले लेखेका छन्, 'खानेपानीको आपूर्ति बिजुलीसँग जोडिएको छ! अब दैनिक बिजुली लोडसेडिङका कारण पम्प चलाउन गाह्रो हुँदा पानीको वितरण भएन भने हितेन्द्र अनि केपी ओलीलाई दोष्नु मलाई होइन! खबरदार... तिमेरुको माथिको नेतालाई दोष्नु!'

प्रकाशित: २७ वैशाख २०८२ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App