१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
बजार

आज सुन र चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) को तुलनामा आज सुन र चाँदीको मूल्यमा सामान्य कमी आएको हो।

बजारमा आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको छ। हिजो सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ रहेको थियो। यसरी हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोलामा एक हजार ३०० रुपैयाँले घटेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। आज चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँ रहेको थियो। महासंघका अनुसार हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोलामा ९० रुपैयाँले घटेको हो।

प्रकाशित: १२ जेष्ठ २०८३ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App