१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न काठमाडौं महानगरको १५ दिने सूचना

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले प्रकाशित गरेको सूचना अनुसार वडा नं ३ निवासी मगेन्द्रप्रसाद मिश्रले दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराई पाऊँ’ मुद्दामा न्यायिक समितिबाट फैसला भएको जनाएको छ।

सूचना अनुसार अदालत तथा न्यायिक समितिको आदेशबमोजिम घरजग्गा खाली गराउने निर्णय कार्यान्वयन भइसकेको र निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएको भन्दै त्यहाँ रहेका सामग्री लिलाम प्रक्रिया अघि बढाइने तयारी गरेको छ।

महानगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित पक्षलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्ना सरसामान लैजान आग्रह गरेको छ। अन्यथा कानुनबमोजिम लिलाम गरिने सूचनामा उल्लेख छ।   

प्रकाशित: १२ जेष्ठ २०८३ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App