२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पौडेललाई बुर्लाकोटीको 'काउन्टर' : नेतृत्व चित्तबुझ्दो छैन भने खुट्टा ढोगे पनि सदस्यता नवीकरण नगर्नू

स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले शुक्रबार (आज) पार्टीको सक्रिय सदस्यता सम्बन्धमा नेता-कार्यकर्तालाई एउटा निर्देशन दिए। जहाँ, उनले नेता/कार्यकर्ताहरूलाई खुट्टा ढोगेर भए पनि सदस्यता नवीकरण गराउनु भनेका थिए।

'क्रियाशील सदस्यता नवीकरणको विषय घर घरमै गएर खुट्टै ढोगेर भए पनि गर्न लगाउनुस्। किनकि, हिजोको जस्तो चाहिए लिने, नचाहिए पर्दैन भन्ने स्थिति छैन। कमीकमजोरी के भयो, केलाएर अब दोहोर्‍याउँनौँ भनेर जोडिएका मान्छेहरूलाई अब फर्किन नदिनुस्,’ उनले भनेका थिए।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने पौडेलको उक्त निर्देशनलाई 'काउन्टर' दिएका छन्। उनले भनेका छन्, 'नीति, नेतृत्व र प्रवृत्ति चित्तबुझ्दो छैन भने खुट्टा नै ढोगे पनि सदस्य नबन्नु, नवीकरण नगर्नु।'

प्रकाशित: २६ वैशाख २०८२ २०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App