सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते पारित गरिने भएको छ।
आगामी वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आ.व. २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम' निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।
जसका लागि नेकपा (एमाले)ले सो दिन उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
पार्टीका मुख्य सचेतक महेशकुमार बर्तौलाले एक विज्ञप्ति जारी गर्दै ह्वीप जारी गरेको बताएका हुन्।
जारी विज्ञप्तिमा भनिएको छ, 'सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको 'आ.व. २०८२ / ८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम' लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ।'
प्रकाशित: २६ वैशाख २०८२ १३:४३ शुक्रबार





