सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने छ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।
प्रकाशित: २६ वैशाख २०८२ ०७:५१ शुक्रबार





