१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रेशम पक्राउबारे गृहमन्त्री- कुनै पूर्वाग्रह थिएन

वैशाख १७ गते पक्राउ परेर त्यही दिन रिहा भएका रेशम चौधरीबारे गृहमन्त्री रमेश लेखकले संसद्‌मा जवाफ दिएका छन्।

सांसदहरूले उक्त घटनाले मुलुकको कानूनी संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको भन्दै गृहमन्त्रीसँग जवाफ माग गरेका थिए। यसपछि जवाफ दिएका गृहमन्त्री लेखकले चौधरी पक्राउमा कानूनको कार्यान्वयनबाहेक अरु कुनै पूर्वाग्रह नभएको बताएका हुन्।

'त्यस घटनामा पनि सही नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु,' उनले भने।

भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको पनि उनले बताए।

१७ गते जनमत पार्टीसँग पार्टी एकीकरण घोषणा स्थल (नेपाल प्रज्ञा प्रतिष्ठान) पुगेका चौधरीलाई प्रहरीले पक्रिएको थियो। प्रहरीलाई सर्वोच्च अदालतका शाखा अधिकृत महिनानसिंह विष्टले चौधरी पक्राउको पत्र थमाएका थिए।

प्रकाशित: २५ वैशाख २०८२ १७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App