कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गते दिउँसो २ बजेका लागि आह्वान गरेका छन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गरी कोशी प्रदेश मन्त्रिपरिषद्को बैशाख २४ गतेको सिफारिस अनुसार प्रदेश सभा अधिवेशन जेठ ४ गते दिउँसो २ बजे आह्वान गरेको जानकारी दिएको हो ।
बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
प्रकाशित: २४ वैशाख २०८२ १६:५९ बुधबार





