९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

माओवादी अध्यक्ष दाहाल बाथरुममा लडे, छोरी गंगा भन्छिन्: ‘निधारमा सामान्य चोट’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाथरुममा लडेर घाइते भएका छन्। गएराति बाथरुममा लडेपछि उनलाई चोट लागेको सचिवालयले जनाएको छ।

उनकी निजी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्ने सबैमा धन्यवाद।’  

दाहालकी कान्छी छोरीसमेत रहेकी गंगाले उनको स्वास्थ्य सामान्य रहेको र नियमित काममा फर्किएको बताएकी छन्।

प्रकाशित: २४ वैशाख २०८२ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App