२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रदीप नेपाल वामपन्थी आन्दोलनका प्रखर नेता: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

उनको निधनप्रति दु:ख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्,'नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दु:खद निधनले मर्माहत भएको छु। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।'

पूर्वमन्त्री समेत रहेका नेपालको केहीबेर अघि निधन भएको हो । पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए ।

प्रकाशित: २३ वैशाख २०८२ १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App