९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

'कार्यक्रम कटौती गरेर सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता पूरा हुन्छ ?'

सांसद छिरिङ ल्हामु लामा तामाङले कार्यक्रम कटौती गरेर सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता पूरा नहुने बताएकी छन्। 

मङ्गलबार (आज) जारी संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै तामाङले यस्तो बताएकी हुन्।

'नीति तथा कार्यक्रममा सुशासन, सामाजिक न्याय र समावेशी आर्थिक वृद्धिको कुरा गरिएको छ। तर, व्यवहारमा भने अघिल्लो वर्ष कार्यान्वयनमा ल्याइएका आर्थिक रूपान्तरण र सुशासनका अभ्यासलाई वञ्चित गर्नेगरी कार्यक्रमहरूको कटौती गरिएको छ। कार्यक्रमको कटौती गरेर सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कसरी पूरा होलान् ? यसले गम्भीर प्रश्न उठेको छ,' उनले भनिन्।

नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आर्थिक, सामाजिक र राजनीतिक यथार्थलाई समेट्न नसकेको उनले आफ्नो निष्कर्ष रहेको सुनाइन्। यसले जनताको अपेक्षा, संविधानको मर्म र सङ्घीयताको अपेक्षालाई सम्बोधन गर्न असफल रहेको, पुरातनवादी सोचले ग्रस्त गन्तव्यविहीन र पश्चगामी रहेको पनि उनले बताइन्।

'संविधानले सङ्घीय शासन प्रणालीलाई आत्मसाथ गरेको छ। तर, नीति तथा कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहबीचको स्पष्ट समन्वय र अधिकारको बाँडफाँटको खाका प्रस्तुत गर्न सकेको छैन,' उनले भनिन्।

नीति तथा कार्यक्रमले सङ्घीयताको मर्मलाई कमजोर पार्ने खतरा उत्पन्न भएको बताएकी छन्। 'प्रदेश र स्थानीय तहलाई आवश्यक स्रोत नदिइ सङ्घीय सुदुढ हुन सक्दैन। प्रदेश र स्थानीय तहलाई अधिकतम् स्रोत र साधनयुक्न बनाउन नीति तथा कार्यक्रम चुकेको छ,' उनले भनिन्।

प्रकाशित: २३ वैशाख २०८२ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App