१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

सीता जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सीता जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। कुनै दिन छिमेकीले जानकी पनि आफ्नै देशमा जन्मिएको भन्न सक्ने अवस्था आउन नदिनका लागि नेपालले जानकी जयन्तीमा सार्वजनिक बिदा दिएर यसलाई ख्याल गरिराख्नुपर्ने उनको भनाइ छ।

सांसद झाले भने, 'जानकी, सीता, मैथली, वैदेही, भूमि, पार्थवी, जनक नंदिनी यो सबै एकै जनाको नाम हो जानकीको। नेपाललाई विभिन्न ठाउँमा सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउँदै गर्दा नेपाल जानकीको पनि देश हो, जनकीको जन्मभूमि हो भन्ने ख्याल गर्नुपर्ने हो।'

उनले अगाडि थपे, ‘आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौं। खै कता जन्मिएको राम नवमीमा हामी बिदा दिइरहन्छौं तर, आफ्नै भूमिमा जन्मिएकी जानकीको जन्मदिनमा वा जानकी जयन्तीमा चाहीँ हामी बिदा दिँदैनौं।’

प्रकाशित: २३ वैशाख २०८२ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App