१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।

सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए।

यस्तै सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे।

सांसद पूर्णबाहदुर घर्ती मगरले जिल्ला सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

यसैगरी सांसद मनिष झाले मन्त्रिपरिषदमा महिलाको सहभागिता बढाउन माग गरे।

प्रकाशित: २३ वैशाख २०८२ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App