९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको प्रस्ताव- सरकारको औचित्य सकियो, नयाँ जनमतमा जाने हिम्मत गरौँ

पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले वर्तमान सरकारको औचित्य सकिएको टिप्पणी गरेका छन्।

सोमबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै खनालले यस्तो टिप्पणी गरेका हुन्।

'कांग्रेस र एमालेले मिलेर पनि सकारात्मक निकास दिन नसक्ने हो भने यो सरकारको औचित्य सकिएको छ। नयाँ नेतृत्व स्थापना गर्नेगरी नयाँ जनमतमा जाने हिम्मत गरौँ,' उनले भनेका छन्।

खनालले अघि भने, 'दुई ठूला दल मिलेर बनेको यो सरकारले केही ठूलो सुधार र नीतिगत डिपार्चर गर्ला भनेको त पछिल्लो दशकको निरन्तरताको सूची बाहेक केही देखाएन। नीति तथा कार्यक्रममा न अनुभवले दिने आत्मविश्वास देखिन्छ, न सङ्ख्याको जाँगर देखिन्छ।'

प्रकाशित: २२ वैशाख २०८२ १८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App