पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षाको सन्दर्भमा भोट बैंकको मोह त्याग्नुपर्ने बताएकी छन्।
सोमबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै श्रेष्ठले यस्तो बताएकी हुन्। 'शिक्षाका सम्बन्धमा भोट बैंकको मोह त्याग्नैपर्छ,' उनले भनिन्।
यस्तै उनले नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीहरूको भोटिङ अधिकारबारे लेखिनुपर्ने माग गरिन्।
'मिसन ८४ त जनतालाई चाहिएको छ। रेमिट्यान्स पठाउने साथीहरूका लागि खै त ? विदेशमा बस्ने नेपालीहरूको नोट नचल्ने, भोट नचल्ने कहिलेसम्म हो ? यसका लागि बजेट विनियोजन गर्नुपर्ने होइन त ? खै त ?,' उनले भनिन्।
प्रकाशित: २२ वैशाख २०८२ १७:५४ सोमबार





