राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूलाई साप्ताहिक रूपमा पार्टी कार्यालयमा उपस्थित हुने प्रावधान लागू गरेको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म केन्द्रीय सदस्यहरूले अनिवार्य उपस्थिति जनाउनुपर्ने गरी साप्ताहिक तालिका सार्वजनिक गरिएको हो।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यो व्यवस्थाले केन्द्रीय सदस्यहरूको जिम्मेवारी र सक्रियता बढाउने बताए।
तालिका अनुसार आइतबार शिव नेपाली, सोमबार कामिनी चौधरी, मंगलबार रामकृष्ण भट्टराई, बुधबार गणेश कार्की, बिहीबार एलिजा गुरुङ र शुक्रबार प्रभात अधिकारी केन्द्रीय कार्यालयमा उपस्थित हुनेछन्।
रास्वपाले यो प्रावधानबाट पार्टीको आन्तरिक संगठन र गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

प्रकाशित: २१ वैशाख २०८२ १९:२० आइतबार





