नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ ।
झापाबाट सुरु गरेको ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ सकिएको एकसाता नहुँदै माओवादीले मध्य पहाडी लोकमार्ग अभियान घोषणा गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले मध्य पहाडी लोकमार्ग अभियानका लागि तयारी थाल्न पार्टीं नेतृत्वलाई निर्देशन पनि दिएको छ ।
बैठकले ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ सफल भएको निष्कर्ष निकालेको छ । अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको बताउँदै माओवादीले सबैप्रति आभार व्यक्त गरेको छ ।
बैठकमा आगामी दिनको कार्ययोजना र संगठनात्मक पक्षबारे पनि छलफल भएको माओवादीले जनाएको छ ।
प्रकाशित: २१ वैशाख २०८२ १७:२० आइतबार