प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको उपयुक्त वातावरण भएको दाबी गरेका छन् ।
कोशी प्रदेश लगानी सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालमा लगानीको उपयुक्त वातावरण छ । लगानी गर्नुहोस् । लगानीकर्ता, श्रमिक र सरकारबिच कुनै खटपट छैन ।’ श्रमिकका प्रतिनिधि, रोजगारदाताका प्रतिनिधि र सरकारबिच आइएलओका प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयनमा रहेको प्रधानमन्त्री ओलीले दाबी गरे । उनले नेपालमा लगानीमैत्री वातावरण रहेको स्पष्ट पारे ।
प्रकाशित: १८ वैशाख २०८२ १३:३६ बिहीबार





