३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

जसपा नेतृ बबी भन्छिन्: खेलौना पेस्तोल फायरलाई अतिरञ्जित नबनाई दिनु

जसपा नेपालकी केन्द्रीय सदस्य डा.बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे प्रतिक्रिया दिएकी छिन्। 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले खेलौना पेस्तोल फायरलाई अतिरञ्जित नबनाई दिन आग्रह गरेकी हुन्।

उनले लेखेकी छिन्, 'हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।'

उनले आफ्नो परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई अनुमति बिना सामाजिक सञ्जालमा हालेकोप्रति पनि घोर भर्त्सना गरेकी छिन्। 'मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘युट्युब पत्रकार’ ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भर्त्सना गर्दछु', उनले लेखेकी छिन्।   

पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा। बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् ।

उनको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित: १८ वैशाख २०८२ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App