९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ: परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन्।

बुधबार चितवनमा पत्रकारसँग उनले पार्टीको महाधिवेशन विसं २०८२ मङ्सिर भित्रमा हुने बताएका हुन्।

आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ।

उनले भने, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ।” वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए।

प्रकाशित: १७ वैशाख २०८२ २०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App