नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारलाई केही पनि थाहा नभएको बताएका छन्।
बिहीबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।
'एउटा शाखा अधिकृत, त्यो पनि सर्वोच्च अदालतजस्तो संवेदनशील ठाउँमा काम गर्छ। तर, उसले अनधिकृत रूपमा मनोगत ढङ्गले पत्र लेख्छ र पठाउँछ। यसले कहीँ न कहीँ हाम्रो प्रणालीमा थुप्रै यस्ता प्वाँलहरू छन्, जहाँबाट बेला बेला यस्ता रोगहरू बाहिर आउँछन् भन्ने देखाउँछ। हामी चाहन्छौँ, यो घटना पहिलो र अन्तिम होस्। दुईवटा पार्टी जोडिन खोज्दै हुनुहुन्थ्यो, कार्यक्रम नै बिथोलियो। जबकि, सरकारलाई केही थाहै छैन,' उनले भने।
प्रकाशित: १७ वैशाख २०८२ १९:४५ बुधबार





