९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

शिक्षक आन्दोलनबारे ज्ञवाली- समग्रमा नराम्रो भयो, तर अहिले 'ह्याप्पी इन्डिङ' भयो

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनले 'समग्रमा नराम्रो' भएको बताएका छन्।

बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

'भित्र कुराकानी हुन्छ, बाहिर आएर शिक्षक साथीहरूले वार्ता नै गरेका छैनौँ भन्नुहुन्छ। जे भए पनि यो विषय १५ दिन अगावै टुङ्गिन्थ्यो,' उनले भने, 'जे भयो, अनावश्यक नै भयो भन्ने लाग्छ। विद्यालय भर्ना प्रभावित भयो। १२ कक्षाको परीक्षा धकेल्नुपर्‍यो। समग्रमा नराम्रो भयो। जे भए पनि ह्याप्पी इन्डिङ भयो,' उनले भने। 

अगाडि उनले भने, 'विरोधाभासपूर्ण विषयलाई समेट्नुपर्ने छ। २०८० साल भदौको लास्टतिर तत्कालीन सरकारले संसद् सचिवालयमा विधेयक दर्ता गरायो। शिक्षक साथीहरू आन्दोलनमा उत्रिए। सरकराले ६ बुँदे सम्झौता गर्‍यो। शिक्षकहरूसँग भएको सम्झौता एकातिर र सरकराले दर्ता गराएको विधेयक अर्कोतिर भयो। त्यसबेला एमालेका साथीहरूले दुई विषय फरक भयो, विधेयक फिर्ता गरेर सम्झौताअनुरूप जानुपर्‍यो भनेर भन्नुभएको थियो। तर, त्यसो भएन।'

उनले शिक्षक महासङ्घ पनि एक ट्रेड युनियन नै भएको उल्लेख गर्दै ट्रेड युनियनहरूमा आन्दोलन गरेर माग पूरा गर्ने प्रवृत्ति बढ्दै गएको पनि बताए। 

प्रकाशित: १७ वैशाख २०८२ १९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App