२६ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनको केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २६ गते सूचना जारी गर्दै मतगणना ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा सुरु हुने जानकारी दिएको हो।

महाधिवेशनअन्तर्गत अहिले सहमहामन्त्रीको गणना भइरहेको छ। 

प्रकाशित: २६ आश्विन २०८३ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App