२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ।

सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम आज अपराह्नसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।

सहमहामन्त्रीको खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि रहेकी छिन्। अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदैछ।

प्रकाशित: २६ आश्विन २०८३ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App