नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोटमा आज स्कुल बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
गैंडाकोट नगरपालिका-५ कुसुमघाटस्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा गैंडाकोट-६ का अन्दाजी २४ वर्षीय राजु थापाको ज्यान गएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार गैँडाकोट इङ्लिस स्कुलको ग १ ख ३९७० नम्बरको बसले ना ५८ प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनसहित बस चालक गैंडाकोट-१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।
प्रकाशित: २६ आश्विन २०८३ १५:४६ सोमबार



-600x400.jpg)

-600x400.jpg)