३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

'रूल अफ ल कमजोर भएपछि हुल अफ ल हाबी हुन्छ'

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ र रिहा प्रकरणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले 'हुल अफ ल' को संज्ञा दिएका छन्। 

'विधिको शासनको हुर्मत लिने काम भइरहेको छ देशमा। जब 'रूल अफ ल' कमजोर हुन्छ, 'हुल अफ ल' हाबी बन्न पुग्दछ,' प्रवक्ता श्रेष्ठले लेखेका छन्। उनले थप लेखेका छन्, 'आज दिनभर मनपरीतन्त्र छताछुल्ल भो काठमाडौंमा।'

चौधरी आजै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए। उनी छुटिसकेका छन्। उनी झन्डै पाँच घण्टा हिरासतमा बसेका थिए।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले आफूखुसी प्रहरीलाई पत्र पठाएर चौधरी पक्राउको निर्देशन दिएका थिए। पछि अदालतले आधिकारिक पत्र पठाउँदै चौधरीलाई तत्काल रिहा गर्न भन्यो, यसपछि उनी रिहा भएका छन्। तर, विष्ट भने पक्राउ परेका छन्।

प्रकाशित: १७ वैशाख २०८२ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App